बलिउड अभिनेता आमिर खानको बहु प्रतिक्षित मानिएकाे चलचित्र ‘लालसिंह चढ्ढा’ अब अर्को वर्ष मात्र रिलिज हुने भएको छl
चलचित्र निर्माण समूहले चलचित्रलाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी गरे पनि सबै काम नसकिएको भन्दै निर्माण टिमले अर्को वर्षलाई रिलिज मिति तय गरेका हाे
यससँगै चलचित्र अब सन् २०२२ को भ्यालेन्टाइनमा रिलिज हुने भएको हाे। चलचित्रमा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ। साथै दक्षिण भारतीय अभिनेता नागा चैतन्यको पनि अभिनय छl
हलिउड हिट ‘फरेस्ट गम्प’को अफिसियल रिमेक रहेको यस चलचित्रलाई अद्वेत चन्दनले निर्देशन गरेका हुन्l