बङ्गाली अभिनेत्री श्राबन्ती चटर्जी पछिल्लोपटक निजी जीवनबारे पुनः चर्चामा छन्। उनी भारतीय जनता पार्टीकी सदस्यसमेत हुन्।
अभिनेत्री चटर्जीले यसैसाता पति रोशन सिंहविरूद्ध कोलकातास्थित अलिपुर अदालतमा सम्बन्ध बिच्छेदका लागि उजुरी दिएकी छिन्। पति रोशनले भने १२ दिन बितिसक्दा पनि आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन्।
राेशनले अभिनेत्रीसँग सम्बन्धित अनेक रोचक र आश्चर्यजनक आरोपहरू लगाएका छन्।
अभिनेत्री श्राबन्ती चटर्जीका तेस्रो पति हुन्, रोशन सिंह। उनले सन् २००३ मा राजीवकुमार विश्वाससँग विवाह गरेकी थिइन्। उनी बङ्गाली फिल्म निर्माता हुन्। तर उनीहरूकाे सम्बन्ध लामाे समयसम्म टिक्न सकेन र सन् २०१६ मा सम्बन्ध बिच्छेद भयाे।
उनले पहिलो पतिसँग अलग भएलगतै सन् २०१६ मा फेरि मोडल कृष्णा व्रजसँग दाेस्रो विवाह गरिन्। तर उनीसँग पनि श्राबन्ती लामो समयसम्म सँगै बस्न सकिनिन्। र सन् २०१७ मा दुबैले सहमतिमै सम्बन्ध बिच्छेद गरे।
केबिन क्रूका सुपरभाइजर रोशन र श्राबन्तबीच पहिलोपटक सन् २०१८ को जुलाई–ताका कोलकाताको एक रेष्टुरेन्टमा भेट भएको उनीहरू स्वायम् बताउँछन्।
एकअर्काको प्रेममा बाँधिएपछि उनीहरूले सन् २०१९ अप्रिल १९ मा विवाह गरे। जुन श्राबन्तीकाे तेस्राे बिहे थियाे।
तर यतिबेला भने श्राबन्तीको तेस्रो विवाहसमेत टिक्न नसक्ने अवस्था पुगेकाे छ। पति रोशनले एक पत्रिकामार्फत् श्राबन्ती कयौँ केटाहरूको सम्पर्कमा रहँदैआएको आरोप लगाएका छन्।
श्राबन्तीले भने पति रोशन मोटो भएका कारण यौन सन्तुष्टि दिन नसकेकाे भन्दै बदनामपूर्ण र आश्चर्यजनक तर्क गर्दै हिँडिरहेकी छन्। रोशनले अहिलेसम्म श्राबन्तीले आफूबाट एक करोडभन्दा बढी रकम लिइसकेकाे दावी पनि गरेका छन्।