हरेक वर्ष हराउँछन् ३ हजार बालबालिका, प्रहरीले खोज्दा आधा भेटिन्छन्, अरु कहाँ पुग्छन्?

पहिलोपोष्ट

काठमाडाै‌

गत सोमवार दिउँसो कपनबाट ४ वर्षीय बालक हराए। बालकका बुवाले उनी हराएपछि अपहरण भएको हुनसक्ने भन्दै प्रहरीमा जानकारी गराए। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली खोजी कार्यमा जुट्यो।

प्रहरीले बालक चिने जानेका मानिसकै साथ लागेर कपनबाट चाबहिलको गोपीकृष्ण हुँदै कतै गएको पत्ता लगायो। बालक हराएपछि अपहरणको आशंका भए पनि फिरौतीको रकम वा अन्य कुराको माग भएको थिएन। त्यसैले प्रहरीले निष्कर्ष निकाल्यो-बालक हराएका हुन्,अपहरण होइन।

जुन व्यक्तिले बालकलाई लिएर गएका थिए उनी भारतीय नागरिक थिए। हराएका बालक पनि भारतीय नागरिक नै। बालकलाई लिएर तीन जना मानिस भारत पुगेको प्रहरीले जानकारी पायो। त्यसपछि भारतीय प्रहरीको सहयोगमा बालकको अवस्था बुझ्यो। नभन्दै बालक उनकै घरमा भेटिए।

'अपहरण भएको होइन। चिनेको मानिसले नै भारतमा रहेको घर पुर्‍याएको देखियो। बालक सकुशल नै छन्,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

कपनबाट गायव भएका बालक भारतको बिहार मधुवनीमा रहेको आफ्नै घरमा पुगेका थिए। बालकलाई कपनबाट बसमा राखेर चाबहिलको गोपीकृष्णसम्म ल्याइएको प्रहरी अनुसन्धानमा देखिएको थियो। त्यसैले यसलाई'बालक हराएको' घटनाका रूपमा प्रहरीले लिएको छ।

प्रकाशित मिति: : 2021-10-01 10:57:00

प्रतिकृया दिनुहोस्