नायिका निता ढुंगानाको निर्देशनमा 'जय जय निलकण्ठ' भजनको भिडियो सार्वजनिक [भिडियो]

नायिका निता ढुंगानाको निर्देशन रहेको ‘जय जय निलकण्ठ’ भजनको भिडियो सार्वजनिक भएको छ। गायक सुगम पोखरेलको स्वर रहेको भजनको शब्द युवा ज्योतिष हरिहर अधिकारीले कोरेका हुन् भने हरिहर स्वयमले भिडियोमा अभिनय गरेका छन्।

विशाल निरौलाले भजनमा संगीत भरेका छन्। नायिका निता ढुंगानाले भजनको निर्देशन गरेकी हुन्। भजनमा निताको पनि छोटो अभिनय रहेको छ।

भिडियोमा हरिहर फिल्म शुभ लभ पश्चात् दोश्रो पटक स्क्रिनमा देखिएका हुन्। भिडियोलाई 'मार्ग दर्शन' नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।  

प्रकाशित मिति: : 2021-10-05 12:06:00

प्रतिकृया दिनुहोस्