पश्चिम सेतीः दर्जनौँपटक अनुगमन भयो, बन्ने छाँटकाँट देखिएन

गोरखापत्र

काठमाडौं

विमलबहादुर विष्ट
डोटी, असोज १९ गते । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ । पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि उक्त परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि यहाँका नागरिक अन्योलमा परेका हुन् ।

पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि यही असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत प्राविधिकसहितको सरकारी टोली आएको थियो ।

उक्त सरकारी टोलीले हालसम्म पनि पश्चिम सेती आयोजना बन्ने÷नबन्ने विषयमा अहिलेसम्म खासै आधिकारिक धारणा नदिएका कारण यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा आशङ्का पैदा भएको नेकपा ९समाजवादी०का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम सेती निर्माणका लागि भन्दै दर्जनौँ पटक अनुगमन भइसके पनि बन्ने कुनै सुरसार छैन, सरकारी क्षेत्रबाट पश्चिम सेती बनाउने विषयमा चासो नै भएन ।”

प्रकाशित मिति: : 2021-10-06 06:35:00

प्रतिकृया दिनुहोस्