भीषणको ‘ए सिम्मा’ खोर्सानी डल्ले भिडियो सार्वजनिक [भिडियो] 

गायक तथा संगीतकार भीषण मुकारुङ राईले तीन वर्ष अघि सार्वजानिक गरेका थिए ‘खोर्सानी डल्ले’ गीतको म्यूजिक भिडियो। सो गीतले आजसम्म ४ मिलियन बढी दर्शकको साथ पाइसकेको छ। यस कारण भन्न सकिन्छ कि भीषणको ‘खोर्सानी डल्ले’ नेपाली गीत संगीतमा एक सफल गीत भनेर।

हो, सोही गीतको सफलतापछि मुकारुङले ‘ए सिम्मा, खोर्सानी डल्ले २’ गीतको भिडियो हिजो सार्वजानिक गरेका छन्।

सो गीतमा दुर्लभ जन्तरेका शब्द र विशेष खालिङले संगीत भरेका छन्। गीतमा चन्दु गोर्खालीको संगीत संयोजन भने गीतलाई पृथक रेकर्ड स्टुडियोमा विवेक रानापहेलीले रेकर्डिङ साथै देबेश राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।

तक्मे बुढा च्यानल मार्फत् सार्वजनिक गरिएको भिडियोमा गायक भीषणसँगै विल्सन विक्रम राई (तक्मेबुढा), रजनी गुरुङ, विशाल लिम्बु र श्याम राईको जीवन्त अभिनय देख्न सकिन्छ भने भिडियोलाई कमल राईले नृत्य निर्देशन गरेका हुन्। यस्तै विल्सन विक्रम राईको निर्देशन रहेको भिडियोमा बिक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।

प्रकाशित मिति: : 2021-10-08 11:51:00

प्रतिकृया दिनुहोस्