[अपडेट] मुगुमा बस दुर्घटना: २६ जनाको मृत्यु, घाइतेकाे हेलिकप्टरबाट उद्दार गरिँदै

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

मुगुमा बस दुर्घटनामा परी घाइते भएकाकाे हेलिकप्टरबाट उद्दार गर्ने तयारी थालिएकाे छ। मंगलबार दिउँसाे नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ पिना झ्यारीखोलामा बस दुर्घटना थियाे। 

बस दुर्घटनामा परेर अहिलेसम्म २६ जनाकाे मृत्युकाे छ भने केही गम्भीर घाइते भएकाे साेही नगरपालिकाका सूचना अधिकारी तिर्थराज शाहीले जानकारी दिएका छन्। 

उनका अनुसार अहिले घाइतेहरूकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरी नेपालगञ्ज ल्याउन लागिएकाे छ। 

'अहिलेसम्म मुत्यु हुनेकाे संख्या ३६ पुगेकाे छ केही गम्भीर घाइते छन्। उनीहरूकाे हेलिकप्टरबाट उद्दार गर्ने तयारी हुँदैछ' शाहीले भने। 

बसमा करिव ७० जना यात्रु सवार भएकाे अनुमान गरिएकाे छ। उनीहरू सबै दसैं मनाउन गाउँ फर्किदै थिए। 

'

 

प्रकाशित मिति: : 2021-10-12 15:22:00

प्रतिकृया दिनुहोस्