जगन्माता प्रकृति

गोरखापत्र

उदयराज खनाल

मानव समाजले धेरै बाधा अड्चन पार गर्दै अहिलेको अवस्थामा आइपुगेको हो। यहि इतिहासका महत्वपूर्ण घटनाको बढाईचढाई गरेर सुनाइएका विवरणहरूनै आजका मिथक बने। केहि सय वर्षमै तानसेनले राग दीपक र मेघमल्हार गाएर दीप प्रज्वलन र वर्षा गराउँथे भन्ने कथा बन्छ, जङ्गबहादुरकै पनि विभिन्न पौरखी कथा बने। त्यस्तै, अग्नि नियन्त्रण र हाते बञ्चरो जस्ता पहिलो औजार तिखार्ने ज्ञानको बलमा १८ लाख वर्ष अघि अफ्रिकाबाट निस्केर, यूरेशिया हुँदै इन्दोनेशियाका टापुहरूसम्म एक छत्र साम्राज्यको निर्माण गर्न सफल आदिमानव होमो इरेक्टसको इतिहासले, परशुरामको मिथकीय रूप लिएर २१ पटक पृथ्वीको फन्का मार्दै भविष्यका पुस्ता बस्न अनुकुल पारेको कथा बन्योस कुनै क्षत्रिय भन्ने मानव जातिको नभएर, प्रतिकुलताको दमन गरेका हुन्।

धनुवाणले सुसज्जित भएर एक(दुर्इ लाख वर्ष अघिबाट अफ्रिकादेखि विश्व भर राज जमाएको आधुनिक मानव होमो सेपियन्सको इतिहास चाहिं रामायणमा लुकेको देखिन्छस तत्काल विश्वमा उपस्थित नियाण्डर्थल र डेनिसोवन जस्ता मानवका अन्य प्रजातिमध्ये सहयोगीलाई वानर भने त, प्रतिद्वन्दीलाई राक्षस। कोहि इतिहासकार यस्तो देवासुर संग्राम एक लाख वर्षसम्म चल्यो भन्छन भने, कति चाहिं शीतयुग आगमनले ४० हजार वर्ष अघिसम्ममा लोप भए। तैपनि, लोप भएका इरेक्टसदेखि नियाण्डर्थल र डेनिसोवनहरूको पाँच देखि सात प्रतिशत अनुवंश हामीमा प्रसारित छ। रामायणमै ३६ सय वर्ष अघि युद्धरथ बनाउन र चलाउन माहिर बनेको मित्तानी राज्यमा, दशरथ नामधारी राजालाई मारेर एक पुत्र गद्दासिन भए पछिको शक्ति संघर्षको इतिहास पनि जोडिन पुगेको जस्तो छ। 

प्रकाशित मिति: : 2021-10-14 09:57:00

प्रतिकृया दिनुहोस्