ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दसैँ छैन। तर पनि दसैँ आउदा मलाई अर्कै रौनक लागेको छ। कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ। एक्दम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ। बजारमा देखिएको भीडभाडले साँच्चै नै दसँै आएको महसुस गराएको छ। तर,यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको छ।
यसपालि टीका नभएकाले दसैँमा कतै घुम्न जाने की भन्ने सोचमा छु। बिदेश घुम्न जानलाई पिसिआर टेस्ट, केके चाहिन्छ, त्यतिञ्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगीन्छ। पोखरा जाने की भन्ने सोचेको छु। आफ्नो दसैँ नभए तापनि आम नेपाली दाजुभाइ दिदीबहिनीमा दसँैको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।
यसवर्ष मेरो दसैँ छैन : पूजा शर्मा
जुठो परेकाले यसपालि दसैँ छैन मेरो। मलाई खासमा दसैँ भन्दा तिहार निकै मनपर्छ। झण्डै दुई बर्ष यता कोरोनाका कारण सबैलाई घरको घरमा थन्क्याइ रहेको थियो। अब भने स्थिति सामान्य बन्दै गइरहेको छ। फिल्म पनि रिलिज हुन लागेको छ। त्यसैले यसपालि धेरै खुशी लागेको छ।
टीका लगाउन नहुने भए पनि दसैँले आफ्न्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ। त्यो नै खुशीको कुरा हो। म सम्पूर्ण नेपालीमा दसँैको हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु।