बलिउड अभिनेत्री फारुख जाफरको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको शुक्रबार लखनउको एक अस्पतालमा निधन भएको हो।
उनी लामो समयसम्म बिरामीको शिकार भएकी थिइन्। उनलाई श्वासप्रश्वास सम्बधि रोग लागेको बताइएको छ। फारुखले १९८१ मा फिल्म 'उमराव जान' बाट फिल्म श्रेत्रमा कदम राखेकी थिइन्। जहाँ उनले रेखाकी आमाको भूमिका निभाएकी थिइन्।