किसानका दुःख: प्राकृतिक प्रकोप र भारतबाट भित्रिने रोगले आजित, बर्सेनि दुई खर्बको क्षति

शिलापत्र

काठमाडाैं

रमेश भारती

गत ३१ असोजदेखि परेको अविरल वर्षाका कारण २० अर्बभन्दा बढीको धानबाली नष्ट भएको प्रारम्भिक तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालयको छ । नेपालमा बर्सेनि बाढीपहिरो र बेला–बेला आउने रोगले कृषिको उत्पादनमा प्रभाव पार्ने गरेको छ ।

प्राकृतिक प्रकोप र भारतबाट भित्रिने रोगका कारण कृषि क्षेत्रमा बर्सेनि करिब २ खर्ब बराबरको आर्थिक नोक्सानी हुने गरेकाे कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए । 

‘सरकारले प्राकृतिक प्रकोप र कृषिमा देखिएका रोग नियन्त्रण गर्न प्रयास र काम गरिरहेको छ । तर पनि प्राकृतिक प्रकोपका कारण बर्सेनि किसान मारमा परिरहेका छन्’, उनले भने ।

कृषि मन्त्रालयका अनुसार हालै तीन दिन परेको वर्षाका कारण देशभर २० अर्ब रुपैयाँभन्दा धेरैको धानबाली नष्ट भएकाे अनुमान छ । यस्तै, गत असार र साउनमा पनि बाढीपहिरो तथा डुबानले तरकारी, मकै, कोदो तथा फलफुल नष्ट गरेको थियो ।  

प्रकाशित मिति: : 2021-10-22 11:47:00

प्रतिकृया दिनुहोस्