जबरजस्ती करणी मुद्दामा फरार आठ वर्षपछि पक्राउ

बिएल संवाददाता

काभ्रेपलाञ्चोक
Goexpress.co.za
Goexpress.co.za

जबरजस्ती करणी मुद्दाका फरार आठ वर्षपछि पकउ परेका छन्।

पक्राउ पर्नेमा प्रतिवादी काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय रामहरी महत रहेका छन्। 

उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले बुधबार धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरेको हो। 

जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो।

उनको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-22 12:40:00

प्रतिकृया दिनुहोस्