कमब्याक असफल भएपछि शिल्पा शेट्टीकाे ध्यान वेब सिरिजमा

File Photo
File Photo

शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन्। उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन्।

ठूलो पर्दाबाट टाढिएपछि सानो पर्दामा सुपर डान्सर शोमा जज बनेकी शिल्पाले गत वर्ष फिल्म गरिन्। आफूलाई फिट राखेकी शिल्पा फिल्ममा आएपछि दर्शकले माया गर्ने अपेक्षा गरिएको थियो। तर त्यसो भएन। कोरोना भाइरसको कारणले सिर्जित अवस्थाले गर्दा केही समय रोकिएको फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भयो।

प्रियदर्शन निर्देशित सफल फिल्म ‘हंगामा’ को दोस्रो भाग भनिएको ‘हंगामा २’ गत जुलाईमा रिलिज भयो। कमेडी फिल्म बनाउन माहिर मानिने निर्देशक प्रियदर्शनले निर्देशनमा कमब्याक गरेको फिल्म भएकाले पनि अपेक्षा राम्रो थियो। तर, न त यसले प्रियदर्शनलाई नै फाइदा गर्‍यो न त शिल्पालाई। फिल्म लगानीका हिसाबले ओटीटीमा रिलिज हुँदा केही मुनाफामा गए पनि यसले दर्शकको मन जित सकेन।

डिज्ने प्लस हटस्टारमा रिलिज भएको फिल्मले शिल्पालाई केही फाइदा नपुगेपछि उनले अन्य फिल्म साइन गरेकी छैनन्। उनको फिल्ममा असफल कमब्याकु भएपछि पछिल्लो समय ध्यान वेब सिरिजमा पुगेको छ। माधुरी दीक्षित, रविना टन्डन, सुष्मिता सेन, जुही चावलालगायत सिरिजमा काम गरिरहेकाले शिल्पा पनि त्यसतर्फ आकर्षित भएकी हुन्। उनी फिल्ममा सहायक भूमिका निर्वाह गर्नुको सट्टा सिरिजमा लिड रोल चाहन्छिन्। 

प्रकाशित मिति: : 2021-10-22 13:03:00

प्रतिकृया दिनुहोस्