बिग बोस–१५ : प्रतीक सहजपालमाथि हात उठाएपछि ‘ट्रोल’ काे शिकार भए करण कुन्द्रा

Leakherald.com
Leakherald.com

बलिउड अभिनेता सलमान खानको रियालिटी शो ‘बिग बोस: १५’ आलोचनात्म शो हो। जहाँ हालको एपिसोडमा सदयहरुबीचको झगडालाई देखाइएको छ।

शोका चर्चित अभिनेता करण कुन्द्राले प्रतीक सहजपाललाई घाटीँ थिचेर पछारेका छन्। जसकारण करण अहिले आलोचनाका शिकार भएका छन्। उनको यस्तो हरकतका कारण सर्वसाधारण मात्र नभई बिग बोसका पूर्व सदस्यहरुलेसमेत टिप्पणी गरेका छन्।  

‘बिग बोस: ७’ कि बिजेता गौहर खानले प्रतीकको सर्पोट गदै करणविरुद्व ट्विटरमा लेखेकी छन्, ‘जो चर्चित छन्, उसका लागि केहीँ नियम छैन्, जो नयाँ छ, उसको एक धक्काकै कारण पनि शोबाट निकालिन्छ।’

त्यसैगरी बोलीना भट्टाचार्जी प्रतीकको समर्थनमा उत्रिएकी छन्। उनी लेख्छिन्, ‘भगवानले जानोस उनीसगँ के गलत छ, करणलाई के भयो?’

त्यस्तै शोमा गएका जय भानुशालीकी पत्नि माही विजले पनि पतिको सर्पोट गरेकी छन्। खासमा जयले नै प्रतीक र करणबीचको झगडालाई सुल्झाएका थिए। उनी भन्छिन्, ‘सही मान्छेका लागि उठ्नु नै ठूलो कुरा हो।’

प्रकाशित मिति: : 2021-10-22 13:10:00

प्रतिकृया दिनुहोस्