मोहम्मद आलमको मुद्दाको सुनुवाइ फेरि रोकियो 

पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ फेरि पनि रोकिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले माग गरे बमोजिम सुनुवाइ रोकिएको हो। 

सर्वोच्चले आलमको मुद्दामा शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकेको थियो। 

आलमले जमानतमा रिहाइको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेता पनि रिटमाथिको सुनुवाइ भने अझै हुन सकेको छैन। 

आलममाथि २०६४ चैत २७ गते रौतहटको शेख इद्रिसको घरमा बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको थियो। 

विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँट्टाभट्टामा जलाउन लागेको आरोप छ। उनी रौतहटबाट २०७६ असोज २६ मा पक्राउ परेका थिए। 

प्रकाशित मिति: : 2021-10-22 13:47:00

प्रतिकृया दिनुहोस्