आर्यन खान ड्रग केसमा नयाँ खुलासा, आर्यनका लागि अनन्या पाण्डेले जुटाउने गथिन् गाँजा !

बलिउडका चर्चित अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘ड्रग केस’ ले दिनानुदिन नयाँ रुप लिदैँ गइरहेको छ।

सोही सन्दर्भमा बिहिबार एनसीबीले अभिनेत्री अनन्या पान्डेलाईसमेत सोधपुछका लागि बोलाएका थिए। जसबाट केहीँ खबर बाहिरिएका छन्।

एनसीबी मुम्कईका डायरेक्टर समीर वानखेन्डेले अनन्याले आर्यनसगँ मोबाइलमा गरेको कुराकानी देखाएर एकाएक प्रश्न सोधेका थिए। जसको उत्तर निक्कै चकित थियो।

आजतकका अनुसार यस कुराकानीमा आर्यन अनन्यासगँ सोध्छन्, के गाँजा जुट्न सक्छ? जसको जवाफमा अनन्याले भनेकी छन्, उनी जुटाउन सक्छिन्।

त्यसपछि उनीमाथि एकाएक प्रश्नको वर्षा हुन थालेको हो। रिर्पोटका अनुसार ‘वाट्स सप’ मा अनन्या र आर्यनबीच गाँजालाई लिएर धेरै कुराकानी हुने गथ्यो। 

प्रकाशित मिति: : 2021-10-22 16:00:00

प्रतिकृया दिनुहोस्