तरकारीको स्वाद बढाउनु मात्र होइन, सुन्दर देख्नका लागि पनि मसाला जरुरी !

Vivianewoodard.com
Vivianewoodard.com

मसला भन्ने बित्तिकै हामी तरकारीमा हाल्ने सामग्री भन्ने बुझ्दछौं। तरकारीलाई मिठो बनाउनका लागि हामी मसलाका प्रयोग गर्ने गछौँ। 

यदी कुनै तरकारीमा मसला हालिएको छैन भने तरकारी हेर्दा नराम्रो देखिनका साथै स्वाद पनि हुदैँन। 

यसले तरकारीको स्वाद बढाउन मात्र होइन आकर्षक बनाउने पनि गर्छ। जसरी तरकारीलाई मिठो बनाउनका लागि मसालाको प्रयोग गछौँ, त्यसरी हामीलाई सुन्दर बनाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ।  

ल्वांग
यदि तपाइ ब्ल्याक हेड्स र ह्वाइट हेड्सबाट चिन्तित हुुनुहुन्छ भने ल्वांगको तेल धेरै उपयोगी मानिन्छ। ल्वांगको तेल कुनै फेसप्याकमा मिलाएर लगाउनुपर्दछ। यसलाई सिधै छालामा भने लगाउनु हुँदैन। 

ज्वानो
ज्वनो पिसेर गुलाव जल र काँक्राको रस मिलाएर लगाउनाले तिलकोठी हराएर जान्छ। ज्वानोको पातको जुस पिउनाले छाला हाइडे«ट र ग्लो हुन्छ।

जिरा
पानीमा जिरा राखेर उमाल्ने र त्यसलाई चिसो बनाएर अनुहार धोएमा सफा र चमकदार बन्छ। जिरा पानीले नुहाउनाले शरीरको दुर्गन्ध र चिलाउने समस्याबाट छुटकारा मिल्छ। 

दालचिनी
दालचिनीमा पाइने एन्टी ब्याक्टेरियल तत्वले रक्तसञ्चारमा सुधार गर्न मद्धत गर्दछ। यो डन्डीफोर नियन्त्रणका लागि पनि राम्रो मानिन्छ। 

बेसार
बेसारमा राम्रो एन्टीसेप्टिक, एन्टी बायोटीक र एन्टी एजिङ्गको गुण रहेको हुन्छ। छालामा लगाउने क्रिमहरुमा यसको प्रयोग धेरै गरिएको हुन्छ। बेसारले अनुहारको दाग वा धब्बा कम गर्न मद्धत गर्दछ ।

 धनिया
धनियाको गेडा रातभरी पानीमा भिजाएर राख्ने, बिहान त्यो पानी आइड्रपको रुपमा प्रयोग गर्नुपर्छ। यसले आँखा सफा गर्नुका साथै शितलता प्रदान गर्दछ।

मरिच
एक्सफोलिएशनका लागि मरिच धेरै राम्रो मानिन्छ। मरिचको पेस्ट बनाएर डन्डीफोर, दाग धब्बा भएको ठाउँमा लगाउँदा प्रभावित त्वचा एक्सफोलिएट हुन्छ जसले स्किन क्लियर देखिन्छ।  

अदुवा 
अदुवाले स्किन टोन निखार्नुको साथै छालाको रंग र टेक्सचरको पनि निखार्दछ। अनुहारमा अदुवाको पेस्ट लगाएर केही समयपछि पानीले धुनु पर्दछ। 

सुकुमेल
सुकुमेलमा एन्टीआक्सिडेन्टको मात्रा धेरै हुने भएकाले छालालाई पोषण प्रदान गर्दछ। यसले एन्टी ब्याक्टेरियलको पनि काम गर्दछ। सुकुमेलको तेल स्किन एलर्जीमा लाभकारी हुन्छ। यसले दाग, धब्बा बाट बचाउन मद्धत गर्छ। 

 

प्रकाशित मिति: : 2021-10-22 17:20:00

प्रतिकृया दिनुहोस्