एमाले नै क्रान्तिकारी पार्टी हाे : नेता बलम्पाकी

एमाले नेता टेकबहादुर बलम्पाकीले नेकपा एमाले नै क्रान्तिकारी पार्टी भएकाेले अरू कम्युनिष्ट पार्टी  नखाेज्न अनुराेध गरेका छन्।

महाेत्तरीकाे बर्दीबास, हात्तीलेडस्थित  बेङ्खाडी बजारमा बसेकाे एमाले ८ नं. वडा  कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै एमालेका केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष बलम्पाकीले यस्ताे बताएका हुन्।

जिल्लाभरीका सबै वडाहरूमा पार्टीकाे संगठन निर्माण र पुनर्गठन गरिसकेकाे बताउँदै बलम्पाकीले भने, 'संगठन निर्माणका क्रममा देखिएकाे नेता/ कार्यकर्ताकाे उत्साह र जाँगरले एमाले अहिलेकाे सबैभन्दा बढी क्रान्तिकारी पार्टी भएकाे पुष्टि गर्छ।'

महाेत्तरीमा १५ पालिका र १ सय ३७ वडा छन्। नेता बलम्पाकीले जिल्लाकाे नगर र पालिकामा पनि एमालेकाे कमिटी गठन पनि सकिएकाे जानकारी दिए।

उनले भने, 'अब एमालेलाई महाेत्तरीमा हल्लाउन कसैले नचिताए  हुन्छ।' माधव नेपालकाे नेकपा एसमा लागेका सयाैँ नेता कार्यकर्ता पनि एमालेमै फर्कने तयारीमा रहेकाे बताउँदै नेता बलम्पाकीले भने, 'पद र टिकटकाे प्रलाेभन देखाएर एसले केही हाम्रा साथीलाई लगेपनि उहाँहरू सबै आफ्नै घर फर्कँदै हुनुहुन्छ।'

कार्तिक - ६ र ९ गते एमालेकाे देशैभरी वडा र नगर/पालिका कमिटी गठनकाे घाेषणा गरिँदै छ।

प्रकाशित मिति: : 2021-10-22 18:07:00

प्रतिकृया दिनुहोस्