'मण्डेला' ले हालेको त्यो भोट

शिलापत्र

सुरज सुवेदी

यो फिल्मको प्रमुख पात्र सैलुन चलाउँछ। जातीय रूपमा दुई भागमा विभाजित भएका एकै गाउँका मानिसहरूको घर-घरमै पुगेर दारी र कपाल काट्छ।

गाउँका दुई जातिको एकअर्कामा मिल्ती छैन। उनीहरू मौका मिल्यो कि जुधिहाल्छन्। जातअनुसार उनीहरूले गाउँमा उत्तरी र दक्षिणी भेग तोकेका छन्। एउटा भेगबाट अर्को भेगमा पुग्ने पुल सजिलाे छैन।

ऊ मात्र त्यस्तो चरित्र हो, जो दुवैतिर पुगेर काम गरिरहेको हुन्छ।

तर सधैँ बढिरहने कपाल र दारी काटेर सबैलाई सुन्दर बनाउने उसको भने कुनै नाम छैन। घर छैन। उसलाई धेरैले मान्छे पनि गन्दैनन्। सबैभन्दा तुच्छ भनिएको कुनै काम आए मात्र सम्झिन्छन्।

प्रकाशित मिति: : 2021-10-28 10:01:00

प्रतिकृया दिनुहोस्