चिनियाँ युवकसँग नेपाली युवतीकाे घरबार

File Photo
File Photo

विवाहका शैली, मान्यता, संस्कार, प्रचलन भूगोल र समुदाय अनुसार भिन्नभिन्नै हुन्छन्। यद्यपी दुई विपरीत लिङ्गी एकआपसमा बैवाहिक जीवनमा बाँधिनु विवाह हाे। याे एउटा प्राकृतिक प्रक्रिया हाे, जुन संसारभरि प्रचलिन छ। विवाह किन त ? यसमा भने सबैको मत मिल्छ भन्ने छैन। कसैले विवाहलाई सृष्टीको अनिवार्यता मान्छन् त कसैले स्वेच्छिक विषय।

मोरङ सिंहदेवीकी मनिका मगर (२०) फेसबुक चलाईरहेकी थिईन्। उनलाई चिनीयाँ नागरिक लेङबी (२८) बाट एक्कासी फ्रेण्डरिकस्वेट आयो।उक्त रिक्वेस्ट एसेप्ट गरौं कि नगरौ उनकाे मनमा अन्यौलता छायो। धेरै साेच विचार गरेर उनले फ्रेण्ड (साथी) बनाईन्। उनीहरूबीच कुराकानी हुन थाल्यो। उनीहरू एकअर्काकाे भाषा बुबुझ्दैन थिए। त्यसैले उनीहरू भाषा ट्रान्सलेटरकाे सदुपयाेग गरे।

लेङबी भ्रमणका लागि नेपाल आएका थिए। कोरोना महामारीका कारण उनी नेपालमै थन्किनु पर्याे। लकडाउनकाे फुर्सदिलाे समय उनीहरूबीच कुराकानी नियमित जसाे हुन थाल्याे। विदेशी नागरिकलाई आफ्नो आत्मीय मित्र बनाउन पाउँदा मनिका दङ्ग थिइन्। भनिन्छ, मित्रताको लागि न भुगोलले छेक्छ, न भाषा र धर्मले।

मनिका लामाे समय अनलाईन आईनन्। उनलाई अनलाईनमा नदेखेपछि लेङबीलाई अनायसै छट्पटी छुट्याे। उनी मनिका कहिले अनलाईन आउछिन् भनेर प्रतीक्षामा बसिरहे। मनिका लामाे समयपछि अनलाईन आउँदा लेङबीमा खुशीकाे सीमा रहेन एकअर्का बीच पुन: सम्वाद सुरू भयाे।

त्यतिबेला विरामी भएर अस्पताल भर्ना  भएका कारण मनिका अनलाईन आउन पाएकी थिइन्न। त्यसाे त त्यतिबेलासम्म मनिकाले लङबीलाई सामान्य साथीका रूपमा मात्रै लिएकी थिइन्। त्यतिबेला लेङबी मनिकालाई भेट्न काठमाडाैँस्थित एक अस्पताल पुगे। त्यहाँ उनले मनिकाकाे राम्राेसँग हेरचाह समेत गर्न भ्याए। प्रेम व्यक्त गर्ने अनेकाै तरिका हुन्छन्। प्रेम हुनका लागि बाेल्नै पर्छ भन्ने हुँदैन भन्ने कुराकाे प्रमाण बने उनीहरू। भाषा नमिलेका कारण उनी बाेल्दैनथे। तर, एकअर्काप्रति प्रेमकाे भाव प्रकट गरिरहे। सामाजिक सञ्जालमा भेटिएका दुई देशका दुई उनीहरूले एकअर्कामा प्रेमकाे अनुभूत गर्न थाले।

विदेशी युवकले उनलाई मरिहत्ते गरेकाे देखेर याे फसाउने नाटक हाे, यस्ताे सम्बन्धमा नबस् भनेर धेरैले सुझाव दिन्थे,मनिकालाई। जब मनिकाले लेङबीलाई नियमित भेट्न थालिन् त्यसपछि उनीप्रति विश्वास बढ्दै गयाे। मनिकाले अरूकाे कुरालाई वास्ता गर्न छाडिन्। उनीहरूकाे प्रेम प्रगाढ बन्दै गयाे। जुन छाेटाे समयमै प्रेम  विवाहमा परिणत भयाे।

उनीहरू एक सन्तानका बुवाआमा बनिसकेका छन्। विवाहपछि भने अहिले माेनिकाले चिनीयाँ भाषा सिक्न थालेकी छिन् भने arलेङबी पनि नेपाली भाषा जान्ने प्रयास गरिरहेका छन्।

एकाअर्कालाई निक्कै माया गर्ने उनीहरू अहिले खुशीका साथ जीनवकाे यात्रा गरिरहेका छन्। काेराेना महामारी कम भएसँगै चीन जाने तयारीमा रहेकाे माेनिकाले बताएकी छिन्।

प्रकाशित मिति: : 2021-11-12 13:04:00

प्रतिकृया दिनुहोस्