फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ।
अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको सो फिल्म आगामी मंसीर १७ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ।
दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा सुमन पौडेलले निर्देशन गरेका हुन् भने जीवनकुमार केसीले निर्माता गरेका छन्।
फिल्ममा प्रनिशराज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको अभिनय रहेको छ।