‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शन हुने

File Photo
File Photo

नेपाली चलचित्र ‘प्रेमगीत ३’को प्रदर्शन मिति तय भएको छ। दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तोके पनि रिलिज हुन नपाएको चलचित्र यो चलचित्रले नयाँ प्रदर्शन मिति फागुन १३ लाई तोकेको छ।

निर्माता सन्तोष सेनका अनुसार फागुन १३ बाट प्रेमगीत ३ देशभर रिलिज हुनेछ। यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापालगायतका कलाकारको मुख्य भूमिका छ।

शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ। ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए।

चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन्।

प्रकाशित मिति: : 2021-11-25 14:16:00

प्रतिकृया दिनुहोस्