शङ्कर पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य

File Photo
File Photo

एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन्।

ओलीले शङ्कर पोखरेललाई महासचिव बनाएका छन्। मदन भण्डारीले समेत सम्भावना देखेका शङ्करलाई ओलीले आफ्नो उत्तराधिकारी बनाएका हुन्।

ओलीले शङ्करकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाएका छन्। मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन्।

यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन्। उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन्।

यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन्।

प्रकाशित मिति: : 2021-11-29 12:46:00

प्रतिकृया दिनुहोस्