एमालेमा तीनवटा प्रदेशबाट सबै निर्विरोध, चारवटा प्रदेशमा प्रतिस्पर्धा हुन सक्ने

नेकपा एमालेको १०औं महाधिवेशनले सात प्रदेशमध्ये तीन प्रदेशका केन्द्रीय सदस्य निर्वराेध रूपमा चयन गरेकाे छ। बाँकी चार प्रदेशमा आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको नाै-नाै गरी २७ जना केन्द्रीय सदस्यहरू निर्विरोध चयन हुने भएका छन्। प्रदेश १, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा महिलातर्फका उम्मेदवार निर्विरोध हुने भएका छन्।

प्रदेश १, बाग्मती प्रदेश, कर्णाली र सुदूरपश्चिमा उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् भने खुलातर्फ आन्तरिक प्रतिस्पर्धा हुनेछ भने सुदूरपश्चिम प्रदेश मात्रै यस्तो प्रदेश भएको छ, जहाँ खुला र महिला दुवै कोटामा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।

प्रकाशित मिति: : 2021-11-29 16:51:00

प्रतिकृया दिनुहोस्