दुई दिन पछि सारियाे काङ्ग्रेसकाे प्रदेश अधिवेशन

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनकाे मिति सारिएकाे छ।

सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो।
मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति दुई दिन पर सरेकाे हाे। काङ्ग्रेस निर्वाचन समितिका एक सदस्यले दिएकाे जानकारीअनुसार प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुने छ।

प्रदेश महाधिवेशनको नयाँ कार्यतालिका अनुसार अब १७ गते उम्मेदवारी दर्ता हुनेछ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ।
प्रदेश अधिवेशन सरे पनि केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर गरिएकाे छैन।

काङ्ग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदै छ।

प्रकाशित मिति: : 2021-11-29 17:54:00

प्रतिकृया दिनुहोस्