सडकबाट राजतन्त्र फर्काउने कमल थापाको घोषणा

राप्रपा अध्यक्ष कमल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उद्घोष गरेका छन्।

पार्टीको एकता महाधिवेशनलाई सम्वोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उनले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने उद्घोष गरे।

उनले राप्रपाले 'राजा आउ देश बचाउ' भन्ने नारा छाडेर 'जनता आउ राजा ल्याउ' भन्ने नारा लगाउने बताए।

उनले आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा मागेका छन् भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गरेका छन्। 

उनले आगामी निर्वाचनमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गरे। विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएको समेत बताए। 

प्रकाशित मिति: : 2021-12-01 15:33:00

प्रतिकृया दिनुहोस्