अवैध काम वैध रूपमा भइरहेको छ: अर्थमन्त्री शर्मा

File Photo
File Photo

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको जानकारी दिएका छन्।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले भने,‘वैध रूपमा अवैध काम भइरहेको छ। भन्सारमा कडाइ गरिएको छ। त्यसरी कडाइ गर्दा ठूलो मात्रामा सुन भित्रिएको छ।’

‘बैध रूपमा अबैध काम भइरहेको छ यहाँ’, मोबाइल पनि अबैध रूपमा भित्रिइरहेकोप्रति सङ्केत गर्दै मन्त्री शर्माले भने,‘सुनको बाला बनायो अनि लगाएर आयो। त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१/२२ किलो सुन आएको भेटियो।’ उनले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिए।

यसैगरी उनले मोबाइलको पनि नेपालमै उत्पादन कम्पनी स्थापना गर्न व्यवसायीहरूलाई आग्रह गरे। त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत व्यवसायीहरूलाई विश्वास दिलाए।

प्रकाशित मिति: : 2021-12-01 15:55:00

प्रतिकृया दिनुहोस्