कांग्रेसको केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक 

File Photo
File Photo

कांग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशनको पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

महाधिवेशन निर्वाचन राष्ट्रियसभा गृहमा हुने भएको छ। निर्वाचन समितिका अनुसार मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे नै प्रकाशन गरिनेछ भने उम्मेदवारको मनोनयन–पत्र दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिनेछ।

महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन–पत्र माथि पर्ने दाबी विरोध दर्ता र सो उपरको निर्णय मंसिर २६ गते बिहान ८ बजेदेखि १२ बजेसम्म गरिनेछ।

उम्मेदवारको पहिलो नामावली सोही दिन १२ बजेदेखि ३ बजेसम्म प्रकाशन गर्ने तयारी गरेको निर्वाचन समितिले मनोनयन फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय २६ गते ३ बजेदेखि ५ बजेसम्म सक्नेछ।

मतदान प्रक्रिया २७ गते बिहान ८ बजेबाट शुरु हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेसको  निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै प्रदेश अधिवेशन र महाधिवेशन कम्तीमा एक दिन लम्बिने निश्चित भएको छ। मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्ने र मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका थियो।

महाधिवेशन एक दिन लम्बिएसँगै महाधिवेशनमा भाग लिन आउने करिब ५ हजार प्रतिनिधिलाई आवास र भोजनको व्यवस्था थप गर्नुपर्ने हुन्छ। कांग्रेसले महाधिवेशन प्रतिनिधिसँग ३ हजार रुपैयाँ र प्रदेश प्रतिनिधिसँग २ हजार रुपैयाँको दरले शुल्क उठाउने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: : 2021-12-02 11:30:00

प्रतिकृया दिनुहोस्