सिभिल अस्पताल नजिक एकाबिहानै दुर्घटना, दुई जना घाइते

मदन नेपाली

काठमाडौं

काठमाडाैँमा ट्रकले हाते ट्याक्टरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। मंगलबार बिहान करिब साढे चार बजे बानेश्वरस्थित सिभिल अस्पतालकाे नजिक ट्रकले ट्याक्टरलाई ठक्कर दिएकाे हाे। 

काेटेश्वर तर्फबाट माइतिघरतर्फ  आउँदै गरेकाे प्रदेश– ०१ ००६ख १७८६ नम्बरको ट्रक र साेही दिशा तर्फ आउँदै गरेकाे न ५ त १६३८ नम्बरकाे हाते ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएकाे स्थानीयले बताएका छन्।

घाइते हुनेमा एक जना ट्रक चालक र अर्का ट्याक्टर चालक रहेका छन्। उनीहरूकाे अहिले सिभिल अस्पतालमा उपचार भइरहेकाे छ। 

दुर्घटना तिव्र गतिमा आएकाे ट्रक अनिन्त्रित हुँदा भएकाे हुन सक्ने प्रहरीले बताएकाे छ।

 

प्रकाशित मिति: : 2021-12-07 07:41:00

प्रतिकृया दिनुहोस्