सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार: पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन्। 

पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन्।

नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे। 'हामी सहमतिको निकै नजिक पुगेका छौं' बैठकपछि पौडेलले भने, 'भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ।' साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो।

बैठकपछि महामन्त्री डा शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए। संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी रहेका छन्।

प्रकाशित मिति: : 2021-12-07 22:10:00

प्रतिकृया दिनुहोस्