‘बिग बोस–१५’ लाई कम ‘टिआरपी’, जानकुमार सानूले उडाए खिल्ली !

Aajtak
Aajtak

बलिउड अभिनेता सलमान खानका ‘रियालिटी शो’ ‘बिग बोस–१५’ ले लगातार कम ‘टिआरपी’ पाइरहेको छ।

शो चलेको दुई महिना बितिसक्दा पनि दर्शकहरुलाई हेर्नमा खास रमाइलो भएको छैन्। भलै मेकर्शले ‘टिआरपी’ बढाउनमा लागिरहेका छन्।

जसकारण शोमा ‘वाइड कार्ड एन्ट्री’ गरिएको थियो। शोलाई कम ‘टिआरपी’ मिलेको भन्दै ‘बिग बोस’का पूर्वसदस्य जानकुमार सानूले खिल्ली उडाएका छन्।

हालैको खबरमा एक डिजाइनरले शोका सदस्य उमर रियाजविरुद्ध ‘केस’ लगाएका छन्। डिजाइनरका अनुसार उमरले शोमा लगाएका कपडा आफूले डिजाइन गरेको तर त्यसलाइ शोमा राम्रोसँग नदेखाएको छ। उक्त खबरलाई सेयर गर्दे सानूले खिल्ली उडाउदै उनले भने, ‘मलाई लाग्छ, यस खबरले शोको टिआरपीलाई बढाउँछ।’  


 

प्रकाशित मिति: : 2021-12-09 15:23:00

प्रतिकृया दिनुहोस्