विक्की कौशलकी दुल्हन बनिन् कैटरीना कैफ

बलिउड अभिनेता विक्की कौशल र अभिनेतृ कैटरीना कैफ विवाह बन्धनमा बाँधिएका छन्। 

उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा विवाह गरेका हुन्।

दुवैले बिहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै विवाहबारे जानकारी दिएका हुन्। कैटरीनाले तस्विरसँगै क्याप्सनमा माया र आर्शिवादका लागि धन्यवादसमेत दिएकी छन्। 

प्रकाशित मिति: : 2021-12-10 17:44:00

प्रतिकृया दिनुहोस्