दुश्मन पनि नपरोस् मोरङ कारागारमा

अनलाइनखबर

काठमाडौँ

म मोरङ कारागारमा दुई वर्ष जति बसें । मलाई अहिले त्यो बसाइ सम्झन पनि मन छैन। त्यहाँ बस्ने वातावरण नै छैन। म त मेरा दुश्मन पनि त्यहाँ जानु नपरोस् भन्छु।

भन्नलाई सुधारगृह भनिन्छ तर भित्र शान्तिसँग बस्नसम्म पनि पाइँदैन। बोल्न दिंदैनन्। कैदी बन्दी बीच बोलचाल भयो भने भित्र गुटबन्दी हुन्छ भनेर कसैसँग बोलेको भेटे कारबाही भन्दै कुटपिट गरिहाल्छन्।

कारागारमा प्रत्येक दश दिनमा ६०० रुपैयाँ दिन्थे (राज्यले दिने भत्ता)। १० दिन खाना खाएको ४०० रुपैयाँ त्यहींबाट काट्थे। २० रुपैयाँ तेल खर्च भनेर काट्थे। ५ रुपैयाँ सफाइ खर्च भनेर काट्थे। तर त्यहाँ सफाइ कैदी बन्दीले नै गर्नुपर्छ । बँचेको पैसा लैजान्छन्।

 

प्रकाशित मिति: : 2021-12-13 15:19:00

प्रतिकृया दिनुहोस्