शेयर लगानीकर्ता : किन आत्तिन्छन्, किन मात्तिन्छन् ?

अनलाइनखबर

काठमाडौँ

नेपाली शेयर बजारका लागि एउटा ऐतिहासिक दिन बन्यो। त्यसदिन नेप्से परिसूचक ३२०३.४३ अंकमा पुगेको थियो। नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरे पनि शेयर लगानीकर्ताहरूले यसलाई सामान्य रूपमै लिएका थिए। किनकि नेप्से परिसूचकले भदौ अघि पनि लगातार नयाँ-नयाँ उँचाइ कायम गरिरहेको थियो। ३२०० नाघिसकेको भोलिपल्ट नेप्से परिसूचक दोहोरो अंकले घट्यो।

यसलाई पनि लगानीकर्ताले सामान्य रूपमै लिए। तेस्रो दिन पनि नेप्से परिसूचक घट्यो, यसलाई लगानीकर्ताले सामान्य करेक्सन भने।

केही दिनपछि बजार दोहोरो अंकले बढ्यो, यसलाई लगानीकर्ताले सामान्य करेक्सन पछिको ‘बुलिस’ बताए। शेयर बजारको भाषामा बजार लगातार बढ्ने क्रमलाई ‘बुलिस’ र घट्ने क्रमलाई ‘वियरिस’ ट्रेण्ड भन्ने गरिन्छ। तर त्यसको भोलिपल्टै बजार घट्यो। ३२०० नाघिसकेको नेप्से कहिले घट्दै कहिले बढ्दै ३००० तल झरेपछि पनि घट्ने क्रम रोकिएन।

प्रकाशित मिति: : 2021-12-15 11:55:00

प्रतिकृया दिनुहोस्