अभिनेतृ निशा अधिकारीले फेरि फिल्म खेल्ने बताएकी छन्।
सोमबार कान्तिपुर फिल्म एकेडेमीमा आयोजित फिल्मको शुभ साइतमा बोल्दै उनले अभिनयसँगै फिल्म निर्माणलाई निरन्तरता दिने बताएकी हुन्।
फिल्म जगतलाई बेक्र नदिएको बताउँदै उनले भनिन्, ‘कोरोनाको महामारीका कारण फिल्ममा आउन सकिनँ, अब निरन्तरता दिनेछु।’
विवाहपछि फिल्म ‘झ्यानाकुटी’ निर्माण गरेकी उनले सन्तान भएपछि अभिनयलाई निरन्तरता दिन सकेकी थिइनन्।
आमा हुँदाको पललाई रमाइलो गरेको बताउने उनले भनिन्, ‘पहिलादेखि नै मलाई बच्चा मनपथ्यो त्यसैले एकदमै रमाइलो गरिरहेको छु।’