सावधान! बढी इयरफोनको प्रयोग बहिरिपनको जोखिम !

Freepik
Freepik

विश्व स्वास्थ सगठन (डब्लुएचओे) का अनुसार १० करोड एक लाख युवा चर्का आवाजको एक्सपोजरका कारण बहिरोपनको जोखिममा छन। 

३५ वर्षमुनिका युवाहरुले गीत सुन्नका लागि इयरफोनको प्रयोग गर्ने गरेका छन्। निकट भविष्य अस्थायी बहिरोपनबाट बच्न इयरफोन प्रयोग गर्दा सावधानी अपनाउनुपर्न हुन्छ। 

चर्का ध्वनी सुन्दा कानको पर्दा भित्री कानको सवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ। आवाज धेरै चर्का हुदाँ र लामो समयसम्म बज्दा कानका श्रवण कोषहरु बिग्रन सक्छ। 

ध्वनी ६० डेसिबलभन्दा कम भएमा यसले धेरै क्षति हुने सम्भावना रहँदैन, तर ८५ डेसिबलभन्दा माथिको चर्का आवाजमा लामो समयसम्म इयरफोनको प्रयोगले श्रवण शक्ति गुम्न सक्छ। लगातर इयरफोन प्रयोग गर्नुभन्दा पनि समयसमयमा बेक्र लिनुपर्छ।

प्रकाशित मिति: : 2021-12-16 13:51:00

प्रतिकृया दिनुहोस्