श्रीमानको उत्तरपुस्तिकामा श्रीमतीको रोल नम्बर

अनलाइनखबर

कृष्ण ज्ञवाली

जागीरको प्रतिस्पर्धामा रहेको परीक्षार्थीले सँगै बसेको प्रतिस्पर्धीको हित हुने काम गर्ला र ? आफू फेल हुने र प्रतिस्पर्धीलाई पास गराउने खेलमा कोही पनि संलग्न हुदैनन् भन्ने अनुमान गरिन्छ ।

तर, बर्दियाको राजापुरका एक परीक्षार्थीले सुर्खेत परीक्षा केन्द्रमा छेवैको परीक्षार्थीको रोल नम्बर आफ्नो उत्तरपुस्तिकामा लेखिदिएर पास गराएको भेटिएको छ ।

उजुरी परेपछि छानबिन हुँदा ती परीक्षार्थी र छेवैमा बस्ने अर्की परीक्षार्थी श्रीमानश्रीमती भएको पुष्टि भयो । घटनापछि श्रीमानले उत्तर लेखिदिएर पास हुने श्रीमतीको जागीर त धरापमा पर्‍यो नै, श्रीमानको मावि शिक्षकको पद समेत नरहने निश्चितजस्तै भएको छ ।

शिक्षक सेवा आयोगले २०७४/०७५ सालका लागि देशभर प्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षकको विज्ञापन खुलाएको थियो । बर्दियाकी मनकला आचार्य (चौलागाई) प्राथमिक शिक्षकको प्रतिस्पर्धाको तयारीमा थिइन् । उनका पति मनिलाल आचार्यले माध्यमिक तहको सामाजिक विषयको तयारी गरिरहेका थिए । उनीहरुले घरसल्लाह गरे र एकैसाथ प्रावि तहको फर्म भरे । नामको वर्णानुक्रम मिलेको अनि एकैसाथ फर्म भरेकाले दुवैको रोल नम्बर पनि क्रमवद्ध रुपमा आयो ।

प्रकाशित मिति: : 2021-12-17 11:25:00

प्रतिकृया दिनुहोस्