फिल्म ‘ओ माइ गर्ड–२’ को पहिलो पोस्टर सार्वजनिक 

बलिउड अभिनेता अक्षय कुमार र परेश रावलको ‘हिट’ फिल्म ‘ओ माइ गर्ड’ को दोस्रो पार्ट ‘ओ माइ गर्ड–२’ लामो समयदेखि चर्चामा छ।

कोरोना महामारीको समयमा फिल्मको सूटिङ रोकिएको थियो। पछि अक्षयको आमाको निधन भएपछि पनि फिल्मलाई बीचमै रोकाउनु परेको थियो।

त्यसैले अब पुनः यसको सूटिङ हुने भएको छ। साथै यसको पहिलो पोस्टर पनि सार्वजनिक भएको छ। जसमा अक्षयले आफ्नो कपाललाई जटा जस्तै बाँधेका छन्। 

प्रकाशित मिति: : 2021-12-17 14:13:00

प्रतिकृया दिनुहोस्