राजनीतिमा महानिशा

असल नेता त्यो हो जो देश र जनताप्रति सधैं इमान्दार, सरल र सादग हुन्छ। देश–जनतालाई ठग्दैन। सधैं देशलाई दिन्छ, देशसँग कहिल्यै लिँदैन। त्योभन्दा ठूलो अर्को कुनै राष्ट्रवादी पनि हुँदैन।

ईश्वर ! ईश्वर सधैं फस्र्ट ह्यान्ड हुन्छ, सेकेन्ड ह्यान्ड हुँदैन।

ईश्वर सड्दैन। मानिस सडेपछि आफूलाई ईश्वर देख्छ। सडेका मानिसहरू सेकेन्ड ह्यान्ड ईश्वरको डमी बनेर पतन भइरहेका छन्। नेताको जन्म हुन छोडेको छ।

राजनीतिक अवतारवादको कारखानाबाट त्यही ईश्वरको कुरूप आविष्कार उत्पादन हुँदैछ। सेकेन्ड ह्यान्ड ईश्वरका बुख्याचा संस्करणबाट शासित छ मान्छे !

बुद्धिको मार्केटप्लेसमा सबैभन्दा सस्तो केही छ भने बौद्धिकता नै छ। बुद्धि–विनिमयलाई बुद्धि–विस्खलनले प्रतिस्थापित गरेको छ। मान्छे आफैंले आफैंलाई मान्छेबाट गिराउँदै छ।

मान्छेबाट गिरेर मान्छे हुन नसकेपछि त्यो मान्छे असफल नेता बन्न सफल भएको छ। देशमा असफलताहरूले सफलता पाएका छन्। असफलताका उन्नत उपजले देश कुरूप र कंगाल बन्दैछ।

प्रकाशित मिति: : 2021-12-18 08:11:00

प्रतिकृया दिनुहोस्