‘बिग बोस–१५’ : राजीव अदातिया भन्छन्–‘करण र तेजस्वी विवाह गर्छन्’

The Statesman
The Statesman

बिग बोस–१५ को ‘वीकेन्डका वार’ मा राजीव अदातिया शोबाट बाहिरिएका छन्।

उनीसँगै राखी सावंतका श्रीमान रितेश सिंह पनि बाहिरिएका हुन्। शोबाट बाहिरिपछि राजीवले शोबारे बताएका छन्। उनले शोका दुुई सदस्यले छिट्टै विवाह गर्ने बताए। उनका अननकरण कुन्द्रा र तेजस्वी प्रकाश विवाह गर्नेछन्।

उनले भने, ‘करण तेजस्वीलाई धेरै माया गर्छ। म दाबी गर्न सक्छु यीनीहरु विवाह गर्नेछन्। यदि यसो भएन भने म आफैँ पण्डित बनेर शोमा नै उनीहरुको विवाह गराइदिन्छुु।’ उनले तेजस्वीलाई करण ‘पोजेसिव’ हुने पनि बताएका थिए। ‘गर्लफेण्डको लागि ब्वायफेण्ड पोजेसिव नभएर को हुन्छ र?’ उनले भने। 

प्रकाशित मिति: : 2021-12-20 11:27:00

प्रतिकृया दिनुहोस्