सेलिब्रेटी नेपालले आगामी माघको अन्तिम साता तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ। ग्रामीण बजारमा नेपाली फिल्मलाई पुर्याएर पर्यटन प्रबर्दन गर्ने उद्देश्य आयोजकले राखेका छन्। महोत्सवस्थल भने आयोजकले हालसम्म तोकेका छैनन्।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई ग्रामीण क्षेत्रका दर्शकमाझ प्रदर्शन गरिने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए।
उनका अनुसार विभिन्न भाषाभाषीका फिल्म तथा मोबाइलबाट खिचिएका फिल्मलाई पनि प्रदर्शन गरिने महोत्सवमा स्थानीयसँग फिल्मको विविध पक्षबारे अन्तरक्रिया पनि गरिनेछ।