के सागरको प्रेममा छिन् सुन्दरी टिकटक स्टार उषा ?

बरिष्ठ गीतकार हिरा काजी थापा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको अर्को सांगीतिक कोशेली 'के छ खबर' को भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार गीतकार हिरा काजीकै अफिसियल च्यानल ह्यागं इन्टरटेनमेन्टबाट रिलिज गरिएको गीतमा पहिलो नेपाल आईडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको छ।

दांगका विभिन्न रमणीय स्थलहरुमा ४ दिन लगाएर छायांकन गरिएको उक्त भिडियोमा पछिल्लो समयकी चर्चित मोडल उषा उप्रेती र अभिनेता सागर खनालको बेजोड अभिनय रहेको छ। लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिरा काजी थापाले कलात्मक शैलीमा देखाएका छन्। जसमा साँचो  प्रेम र प्रेममा पर्खाइको आनन्दलाई भावनात्मक शैलीमा भिडियो मार्फत प्रस्तुत गरिएको छ।

राहुल प्रधानको मन मुटु छुने संगीत संयोजन रहेको गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको जादुमयी संगीत सृजना रहेको छ। सरल शब्द, जतिसुन्यो उति सुनौँ सुनौँ लाग्ने मिठास बोकेको गीतले युवा अवस्थाका कैयौँ प्रेमीहरुको मन जित्ने विश्वास गीतकार तथा निर्देशक थापाले लिएका छन्। प्रमोद भण्डारीको  कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका हुन्। उक्त भिडियोमा स्वस्तिका श्रेष्ठको शृँगार रहेको छ।

प्रकाशित मिति: : 2021-12-21 17:17:00

प्रतिकृया दिनुहोस्