बलिउड डेब्यू गर्ने तयारीमा शाहरुख पुत्र आर्यन खान !

Pinkvilla
Pinkvilla

बलिउडका ‘किंग’ हुन्–शाहरुख खान। उनको एक झलक देख्नका लागि पनि दर्शक उत्साहित हुने गर्छन्। 

बितेको दुई महिनामा उनले केही झेल्नु परेको छ। उनको छोरा आर्यन खानलाई एनसीबीले अक्टुबर २०२१ मा पक्रेको थियो। 

उनी मुम्बईबाट गोवा जाने क्रुजमा एक ‘ड्रक्स केस’ मा पक्राउ परेका हुन्। उनीमाथि ड्रक्स खरिद बिक्री गरेको आरोप लगाइएको थियो। तर अनुसन्धानमा उनी निर्दोष  भए। 

हालको एक रिर्पोटका अनुसार आर्यन अब बलिउडमा कदम राख्नेवाला छन्। उनी बलिउडका प्रसिद्ध फिल्म निर्मातासँग कुरा गरिरहेको भेटिएका छन्।

उनी फिल्ममा आउनका लागि यसबारे बुझिरहेका छन्। उनी एक प्रमुख प्रोडक्शन हाउससँग कुराकानी गरिरहेका छन्। एक खबरका अनुसार उनको पिताको आउने फिल्म ‘पठान’ मा उनको अभिनय रहने बताइएको छ। 

प्रकाशित मिति: : 2021-12-22 12:01:00

प्रतिकृया दिनुहोस्