‘बिग बोस–१५’ : रितेश सिंह र राखी सांवतको विवाह गैरकानुन !

Quicktelecast.com
Quicktelecast.com

भारतीय टीवी रियालिटी शो ‘बिग बोस–१५’ ले पछिल्लो समय दर्शकहरुलाई उत्साहित बनाएको छ। शो अन्तिम हुँदै गर्दा दर्शक झनै आकर्षित बनेका छन्। यस शोमा सबैभन्दा बढी चर्चा राखी सांवतको छ।

उनको शोको पहिलो ‘फाइलनिस्ट’ पनि हुन्। पछिल्लो सीजनकमा राखीले आफ्नो पति रितेशको खूब चर्चा गरेकी थिइन्। जसकारण यस सीजनमा मेकर्शले उनका श्रीमानलाई समेत शोमा लिएको हो।

तर हालमै उनी शोबाट बाहिरिएका छन्। जब उनी शोमा थिए, उनको सम्बन्ध राखीसँग खासै राम्रो देखिएको थिएन। शोबाट बाहिरिएपछि रितेशले एक इन्टरव्यू दिएका छन्। उनका अनुसार उनीहरुको सम्बन्ध कानुनी होइन।

उनको पहिलो पत्निलाई ‘डिभोर्स’ दिएका छन् तर पत्निले भने त्यसमा अझै मञ्जुरी गरेकी छैनन्। जसकारण राखी उनको पत्नि होइनन्। रितेशका अनुसार उनी राखीसँग सबैको अगाडि विवाह गर्न चाहन्छन् तर उनको पहिलो श्रीमतीसँगको सम्बन्ध टुट्न जरुरी छ।  

प्रकाशित मिति: : 2021-12-22 12:39:00

प्रतिकृया दिनुहोस्