प्रेमी रोहमनसँग अभिनेतृ सुस्मिता सेनको ब्रेकअप

अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ। सुस्मिताको घरमा बस्दै आएका रोहमनले आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन्।

सुस्मिता र रोहमन निकट स्रोतका अनुसार उनीहरुले ब्रेकअपको बारेमा मुख नखोले पनि यो जोडीबीच केही समययता खटपट रहदै आएको थियो।

सुस्मिता विगत अढाई वर्षदेखि रोहमनसँग डेटमा थिइन्। रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ। सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन्। उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए।

रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ। दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन्।

प्रकाशित मिति: : 2021-12-24 08:06:00

प्रतिकृया दिनुहोस्