एकीकृत बस्तीमा एकीकृत हुन सकेनन् स्थानीय

अनलाइनखबर

काठमाडौँ

‘गाह्रो अप्ठ्यारो आफ्नै मनमा छ। जे गर्नु पैसाले गर्छ, पैसा नभएपछि नयाँ घरको रहर मात्र गरेर के गर्नू ?’ भीमसेन थापा गाउँपालिका–५ वगुवास्थित रिठ्ठेपानीका ५५ वर्षीय उमाकान्त तिवारीले दुखेसो पोखे। २०७२ सालको भूकम्पमा ढलेको उनको घर अहिलेसम्म ठडिएको छैन। उनको परिवारले यो वर्षको जाडो पनि अस्थायी टहरामै कटाइरहेका छन्।

उमाकान्त मात्र होइनन्, सो क्षेत्रका अधिकांश भूकम्प पीडितको अवस्था उस्तै छ। भूकम्पले ढलेको घर रकम अभावकै कारण ६ वर्षमा पनि पुनर्निर्माण हुन सकेको छैन। उनीहरुसँगै सोही वडाको पाण्डेगाउँ, रिठ्ठेपानी, नयाँ गाउँ र धरमपानीका करिब १३८ भूकम्प पीडित घरधुरीलाई लक्षित गरी लामाचौरमा एकीकृत नमूना बस्ती निर्माणको काम अघि बढेको पाँच वर्ष बितिसक्यो। तर अझै पूर्णता पाउन सकेको छैन। केही घरका बाहिरी संरचना समेत तयार भएका छैनन्। तयार भएका घरको पनि फिनिसिङ गर्ने बाँकी छ। रकम अभावले बस्ती पुनर्निर्माणको काम प्रभावित भएको एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समितिले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-24 16:38:00

प्रतिकृया दिनुहोस्