पहिचानको संकटमा माओवादी केन्द्र

नेपाली कांग्रेस, नेकपा एमाले मात्र होइन, राप्रपा र मधेश केन्द्रित दलहरुले पनि बलियो गरी आफ्नो ब्राण्ड स्थापित गरेका छन् । तर नाम फेरिरहेको माओवादीले आफैंले उठाएको एजेण्डालाई पनि स्थापित गर्न सकेको देखिँदैन

अनलाइनखबर

सइन्द्र राई

परिवर्तित राजनीतिक परिस्थितिको संश्लेषण गरी पार्टीको कार्यदिशा तयार पार्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र जुटेको छ। यही ११–१३ पुसमा हुने प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने वैचारिक–राजनीतिक प्रस्तावले भावी राजनीतिक कार्यदिशाबारे बहस शुरू गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्।

‘पार्टीको सैद्धान्तिक कार्यदिशा कस्तो हुने भन्ने छलफल यो सम्मेलनबाट शुरू हुन्छ र आगामी महाधिवेशनबाट पारित गरेर अगाडि बढ्छौं’, शिक्षामन्त्री रहेका पौडेल भन्छन्। माओवादी केन्द्रले राजनीतिक कार्यदिशाबारे निर्णय लिन १ चैत २०७७ मा पनि केन्द्रीय कमिटी बैठक बोलाएको थियो। तर त्यतिखेर राष्ट्रिय राजनीतिमा कायम संकट प्राथमिकतामा राख्नुपर्ने भन्दै कुनै निर्णय नलिई बैठक सकियो।

प्रकाशित मिति: : 2021-12-25 17:48:00

प्रतिकृया दिनुहोस्