अनुप योन्जनको निर्देशनमा बाल गायिका मेरी लिम्बुको नेपाली राष्ट्रिय गित 'मेरो देश' सार्वजनिक भएको छ।
अर्जुन सेन्चुरीको शब्दरसंगीतमा रहेको गीत बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। अशोक थापाले एरेन्ज गरेको गीतको भिडियोलाई उज्जल बल तामाङ्ग र सुमन बिस्क ले छायाकंन गरेका हुन् भने उज्जल बल तामाङ्गले सम्पादन गरेका छन्।
अनुप योन्जनको निर्देशन र गम्बो लामाको सहायक निर्देशनमा बनेको भिडियोमा मेरी लिम्बु र कुमार साँवाको अभिनय रहेको छ।