डम्बर नेपालीको सङ्गीतमा नारायण गजमेरको 'हे ईश्वर' सार्वजनिक [भिडियो]

डम्बर नेपालीको सङ्गीतमा नारायण गजमेरको 'हे ईश्वर' सार्वजनिक भएको छ। गायक गजमेर नेपाली आधुनिक गायक हुन्। उनी भूटानको डम्फू भन्ने ठाउमा जन्मेका हुन र वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन्।

भूटानको तानासाही सरकारको ज्याजती सहन नसकेर भूटान बाट सन १९९० मा भारतको बाटो हुदै नेपालको झापामा शरणार्थी जिवन विताउन बाध्य भएका थिए। सानै उमेरमा अभाब र गरिबी संग जुद्दै जिवनका अनेकौँ बसन्तहरू झापामै बिताए। उनि संगै संगीतले बिस्तारै ताते गर्दै थियो। भनिन्छ नि, अभावले जिउन सिकाउछ, हो तेहि भयो गायक गजमेरको जिवनमा। गाउ घरमा हुने संगितिक कार्यकर्ममा आफ्नो स्वर प्रस्तुत गर्दै गीत र सिर्जनामा रमाउने गायक गजमेर हाल अमेरिकामा बस्दै आएका छन।

देश भन्दा टाढा रहेर पनि भाषा सहित्या र संगितमा उतिकै सक्रिय भएर लागेका छन। निश्चल एल्बम बाट दर्शक र स्रोताको मन जितेका छन। भर्खरै डम्बर नेपालीको संगीतमा हे ईश्वर नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन।

प्रकाशित मिति: : 2021-12-29 15:51:00

प्रतिकृया दिनुहोस्