एकसाथ तीन प्रोजेक्टमा अनुष्का

File Photo
File Photo

बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन्। उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन्। जुन फिल्म फ्लप साबित भएको थियो। यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन्। जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी।

उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन्। यी प्रोजेक्टको घोषणा नयाँ वर्ष २०२२ को सुरुवाती समयमा गरिनेछ। उनका तीनवटा प्रोजेक्टको नाम हालसम्म गोप्य नै राखिएको छ।

उनको फिल्म ‘जीरो’ फ्लप भए पनि उनी ‘सुल्तान’, ‘पीके’ र ‘सञ्जु’ जस्ता महंगा बजेटको फिल्मको हिस्सा बनिसकेकी छन्। उनी भारतीय क्रिकेटर झूलन गोस्वामीको बायोपिकमा पनि अभिनय गर्ने चर्चा चले पनि उनले यो कुरालाई अस्वीकार गरेकी छन्।

प्रकाशित मिति: : 2022-01-01 13:19:00

प्रतिकृया दिनुहोस्